बहु प्रतिभाका धनि पुष्कर संगीतका थुप्रै विधामा सक्रिए


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपालको नक्सामा पश्चिम भुगोल महोत्तरीमा जन्मेका सानो बच्चाले सुदुरपुर्व इलामको बर्णन भएको गायक यम बरालको ‘बादलुको घुम्टोले’ गित गाउँदा श्री सार्वजानिक माविका सबै चकित परेका थिए। महोत्तरीको किसाननगर २ मा २८ बर्ष अघि जन्मेका युवा संगितकार तथा एरेन्जर पुष्कर सुनुवार कलामा जीवनको आधार खोजिरेहका छन्। बाल्य अवस्थामा यम बरालको गीत भने पछि हुरुक्कै हुने सुनुवार यो क्षेत्रमा आउने सानो सपनाको आँखीझयाल बाट संगितको दुनिया नियाल्दा निकै रौसिएका थिए।
Puskar-Sunwar-singer
सारेगम कला केन्द्रमा ०६० साल देखी संगितमा साधना शुरु गरेका उनले मोहन मगरको शब्द रहेको पहिलो माया त्यसैनै तक्र्यो किन भो पराई , जीवनभरि धोका खाई हिडदै छु म रोई ,गितमा पहिलो संगित भरेका थिए। यहि गितनै उनको पहिलो संगितवद्ध गित थियो। जुन गीत गाएक खेम विश्वकर्मा को स्वरमा रेकर्ड भएको थियो। पछि रक्की धासुको संगित र शब्दमा रहेको आँशुको कसम एल्बममा पहिलो गित आफ्नै आवाजमा रेकर्ड भयो । किन बज्यो मनमा मिठो धुन किन लाग्यो राम्रो रातिको जुन पाउजुको छमछम सुन्छु किन तालमा म पनि परे कतै उनको माया जालमा यो गीतको भिडियो सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको छ। भिडियो छिट्टै नै सार्बजनिक हुने तयारीमा रहेको छ।

पुष्कर सुनुवारले आफ्नो कला यात्रालाई निरन्तरता दिने क्रममा एकल संगितको दुईवटा सोलो एल्बम अन्तरा जिन्दगीको र तिमिसँग बजारमा ल्याईसकेका छन् । चाँडै दुईवटा एल्बम बजारमा आउने तयारीमा रहेको छ। पछिल्लो समयमा बजारमा निकै चलेको सुनिलदिप्त राईको शब्द रहेको रजीना रिमालको आवाज र सन्तोष लामाको आवाजमा रहेको आँशु रहेछ जीन्दगी यो सधैँ रुनु पर्ने बोलको गितबाट अलि बढी चर्चा पाएका सुनुवारले करिब दुईसयको हाराहारीमा संगित गरि सकेका छन्। नेपाली चलचित्रका गीत हरुमा पनि संगीत दिने कार्यमा पुष्कर हाल ब्यस्त रहेका छन्। ०६३ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गित सम्मेलनमा उनको संगित उत्कृष्ट दशमा परेको थियो।

गीत गाउने संगीत भर्ने र संगीत संयोजन लाई आफ्नो मुख्य कामको रुपमा लिएका उनले आफुलाई संगितकै साधनामा लागेर जीवनको लक्ष्य पुरा गर्न लागि परेका छन्। कपिराईटले गर्दा कलाकारको हात मुख जोड्न गार्हो हुन् थालेको छ कमाई हुने ठाउं घटना थालेको छ उनि भन्छन। सरकारले प्रतिलिपी अधिकार सम्बन्धि ऐन,कानुन बनाएपनि कार्यान्वयन नभएकाले स्थापित स्रष्टाहरुलाई समेत गार्हो छ भने भर्खर संगितमा लागेको आफ्नो त के कुरा ? आफैलाई प्रश्न गर्छन सुनुवार । हार्मोनियमका अगाडी बसेका उनले स्वरुप आचार्य, रजिना रिमाल, सन्तोष लामा, मिलन आमात्य लगायतका कलाकारको स्वरमा संगित गरि सकेको जानकारी दिए। सुनुवार आफ्नो संगितको दुनियाँमा प्रवेश दिने गुरुद्धय गुरुदेव कामत र रमेश पोख्रेललाई सदा आदर गर्ने बताउँछन् । बुबा टेकबहादुर सुनुवार र आमा चन्द्रमाया सुनुवारको जेठा छोरा पुष्करलाई स्थानिय मिर्मिरे नेपाल नामक क्लबको आयोजनामा आयोजित साँगितिक कार्यक्रमहरुको स्टेज प्रस्तुतिले समेत आत्म जागरण भरेको सुखद अनुभति छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.