सिनेमा ‘दान्भी’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने पुजा र कुन्साङ


काठमाडौँ। असारको ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘दान्भी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु अभिनेत्री पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोन रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ ।

सार्वजनिक गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द छ ।

रुपेश तामाङको निर्देशनमा तयार भएको सिनेमामा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

फिल्ममा सन्जोग कुवँर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।