आनन्द कार्की र गायिका बबिता राईको ‘तिमि मेरो माया’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक आनन्द कार्की र गायिका बबिता राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। गोबिन्द कुइंकेलको शब्द रचना रहेको गीतमा संगीत डि.बि. लामाको रहेको छ। सार्वजनिक ‘तिमि मेरो माया’ बोलको गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

क्रियटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोका निर्देशक उत्तम श्रेष्ठ (शिशिर) हुन्। भिडियोमा रोशन श्रेष्ठको छायांकन र मिन रावलको सम्पादन तथा कलर संयोजन रहेको छ। शंकर श्रेष्ठको कन्सेप्ट रहेको भिडियोमा शंकर श्रेष्ठ,श्री थपलिया (सृजना),सबिना श्रेष्ठ,निर्जला पाठक,नगेन्द्र नेपालको अभिनय रहेको छ। भिडियो क्रियटिभ आवर प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.