सांगीतिक व्याण्ड पूर्ण राई एण्ड दाजुभाईले किङ्स लन्जमा प्रस्तुती दिने


काठमाडौं । सांगीतिक व्याण्ड पूर्ण राई एण्ड दाजुभाईहरुले आगामी शनिबार अर्थात जेठ ५ गते पोखरास्थित किङ्स लन्जमा प्रस्तुती दिने भएको छ । पोजेटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क(पीभीई)को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डले आफ्ना गीत पोखरेली दर्शकमाझ सुनाउन लागेको हो ।

सृष्टि श्रेष्ठको व्यवस्थापकीय व्याण्डमा पुर्ण राई भोकलिष्ट, देगोसकुमार राई बशिष्ट, सुमेक योन्जन ड्रमर, सुसन कार्की गितारिष्ट र इयान थुलुङ राई फ्लुट छन् ।

देगोस, सुमेक र पूर्ण धरानका हुन् भने सुसन उर्लाबारी र इयान काठमाडौंका हुन् । व्याण्डले नेपाल र भारतका ५० बढी स्थानमा आफ्नो सोलो शो गरिसकेका छन् । यो व्याण्डले चाँडै नै अष्ट्रेलिया टुर पनि गर्दैछ ।

व्याण्डले हालैमात्र ‘परिभाषा’ बोलको गीत सार्वजनिक गरेको थियो । किङ्स लन्ज पोखराका प्रबन्ध निर्देशक ध्रुव केसीले पोखरामा व्याण्डको लाइभ प्रस्तुती हुनु लन्ज र पोखराका लागि नयाँ स्वाद हुने बताए ।