सौगात र बेनिषाको ‘सिटामोल’ नेपाल र जापानमा एकसाथ प्रदर्शन हुने


काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । सिनेमाको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतीसहित प्रदर्शन अधिकार बेचिएको छ ।

निर्देशक सानेले नेपालमा सिनमाको प्रदर्शन मिति घोषणा नहुँदै सिनेमाको विदेश राइट्स बिक्रि भएसँगै ‘सिटामोल’लाई समीक्षकीय र प्राविधिक रुपमा अब्बल बनाउने चुनौती थपिएको बताए । सिनेमाको विदेशका अन्य देशबाट पनि प्रदर्शन अधिकारको लागि कुरा आएकाले चाँडै प्रदर्शन मिति घोषणा गरेर प्रचारमा जुट्ने जानकारी दिए ।

हाल सिनेमाको पोष्ट प्रोडक्सनको काम भैरहेको छ । सिनेमाको काठमाडौंको केही प्रतिशत बाँकी छायांकन पनि पुरा गर्ने तयारीमा निर्देशक साने छन् । सिनेमामा अभिनेता सौगात मल्ल र बेनिशा हमालको मुख्य भुमिका रहेको छ । सिनेमामा उनीहरुले श्रीमान्-श्रीमतीको अभिनय गरेका छन् । माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ । यो सिनेमामा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् ।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

सिनेमाको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् । सिनेमामा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।