सौगात र अन्नुको ‘आदत बन्यौ’ मा इश्वर र रश्नि (भिडियो)


काठमाडौँ। सौगात जंग थापा र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आदत बन्यौ’ बोलको गीतमा शब्द रचना उत्तम बर्तौलाको र संगीत सौगात जंग थापाको रहेको छ। रोमान्टिक गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

भिडियोमा इश्वर बल्लभ उप्रेती र रश्नि लामा फिचर्ड छन्। जीवन शाहीले निर्देशन गरेको भिडियोको छायाँकन राम कुमार केसीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। हिमानी सुब्बाले निर्माण गरेको भिडियो जी मिडिया कनेक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।