कलाकार तथा निर्देशक उज्वल केसीको निधन


 


काठमाडौँ। कलाकार, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्वल केसीको निधन भएको छ। लामो समय देखि बेल्जियम बस्दै आएका केसीको शनिवार दिउँसो हृदयघातका कारण निधन भएको कलाकार तथा निर्माता केसीका मित्र देवु श्रेष्ठले बताए। केसीको परिवार बेल्जियममा नै बस्दै आएका थिए। उनका दुई छोरी र श्रीमती छन्। दिवंगत केसीको अन्त्येष्टि सोमवार बेल्जियममै गरिने छ ।


उनले अंग्रेजी हरर मुभी ‘ रुट ६५’ को निर्देशन पनि गरेका छन्। विदेशमा रहेर पनि कला क्षेत्रमा सक्रिय रहने केसीले केहि नेपाली फिल्ममा अभिनय समेत गरेका छन्। नेपाली सञ्चार जगतमा परिचित केसीको नेपाली म्युजिक भिडियोमा ठुलो योगदान रहेको छ। कलाकार केसीले नेपालमा छँदा रेडियो, टेलिभिजन, फिल्म आदि विधामा काम गरेका थिए । उनले टेलिभिजन कार्यक्रम प्रस्तोताका साथै कलाकारको रुपमा विभिन्न टेलिश्रृंखलाहरुमा समेत अभिनय गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.