चलचित्र ‘गोर्खा वारियर’ हङकङमा प्रदर्शन हुँदै


काठमाडौँ। बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरे संगै चर्चा कमाएको चलचित्र ‘गोर्खा वारियर’ ले हलमा पनि दर्शकको माया पाउन सफल बनेको थियो। बिशेष गरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ‘गोरखा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोट हुनु नै हो । बाफ्टामा चलचित्रको मान्यता, ओस्कार पछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ, नेपाली चलचित्र इतिहासमा ‘गोर्खा वारियर’ ले एक महत्वपूर्ण कोसेढुङ्गा सावित गर्‍यो ।

यही चर्चा र इतिहास रचेको चलचित्र हङकङमा प्रदर्शन हुने भएको छ । जुन दुइ तारिख वाम पो सिनिमा सिटी हल हङकङमा चलचित्र ‘गोर्खा वारियर’ को शो हुने भएको हो। किरात राई यायोख्खा हङकङको आयोजनमा उक्त शोको आयोजना हुँदैछ। शोमा चलचित्रका निर्देशक मिलन चाम्स लगायत चलचित्रका अन्य टिमको पनि उपस्थिति रहने निर्देशक चाम्सले जानकारी दिए ।

चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेअर राई, बिरूप घले, आरुष जंग सारु, सारा राई लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन रहेको छ ।

चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा ज्योतिराज राई ,प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.