वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा रविले गरे आत्मसमर्पण


वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

ओडले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्।

आत्मसमर्पण गरेका रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत चैत २० गते  उनकी श्रीमतीले ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

पक्राउपूर्जी जारी भएपनि सांगीतिक कार्यक्रमका सिलसिलामा नेपाल बाहिर रहेका कारण उनी पक्राउ परेका थिएनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.