पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन टिममा जनकदीप




काठमाडौँ ।
निर्देशक जनकदीप पराजुलीले पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन थालेका छन् । यतिबेला पोखराको आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको यो फिल्म उनले दक्षिण भारतीय फिल्म निर्देशकहरू आर्यन प्रताप, स्टेफन एम.जोसेफसंँगको सहकार्यमा निर्देशक थालेका हुन् ।

निर्माण युनिटले फिल्मको नेपाल सेड्युअलको निर्देशनको जिम्मा जनकदीपलाई दिएको हो । बलिउडका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरेको अभिनयसमेत रहेको यो फिल्मको छायाङ्कन नेपालमा ल्याउन उनको नै हात रहेको छ । बलिउडका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरेले थुप्रै बिदेशी फिल्महरुको सुटिंग टिमलाई नेपालमा ल्याएर छायांकन गर्ने वातावरण मिलाउदै आएका छन्। थुप्रै सफल बलिउड फिल्ममा काम गरि सकेका घिमिरेले भबिस्यमा नेपाली फिल्म निर्माण गर्ने पनि योजना रहेको बताए।

नेपालको अलावा थाइल्यान्ड, श्रीलङ्का तथा भारतमा छायाङ्कन हुने यो फिल्ममा साउथका स्टार प्रभुदेवा, शाही तन्शिखा, शंकर, आर्यन लगायतको अभिनय रहनेछ । फिल्मको थाइल्यान्ड, श्रीलङ्का तथा भारतको सुटिङमा समेत आफु सहभागी हुने निर्देशक पराजुलीले बताए ।

फिल्ममा पराजुलीलाई को–डाइरेक्टर रूपमा सहभागी गराइएको छ । दक्षिण भारतकै प्राविधिक टिम रहेको यो फिल्म आउँदो डिसेम्बरसम्ममा प्रदर्शनमा आउने छ । भारतमा छायाङ्कनका लागि भने ठुलो गाउँको नै सेट निर्माण भइरहेको छ ।

फिल्म ‘प्रोडुसर’ निर्देशकपछि कुनैपनि नेपाली निर्माताले पत्याउन नसकेका पराजुलीले विदेशी फिल्म र विज्ञापन चलचित्र भने निर्देशन गरिरहेका छन् । यो विदेशी फिल्म मेकरहरुसँग उनको पहिलो सहकार्य भने होइन । जनकदीप बेला–बेलामा नेपाल मै बसेर विदेशी फिल्म मेकरहरुसँग सहकार्य गरिरहेका हुन्छन् ।

पराजुली अहिले चलचित्र निर्देशक समाजका अध्यक्ष पनि हुन् । उनले केही अगाडि फिल्म ‘पापी मान्छे ३’ निर्देशन घोषणा समेत गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.