नवनारीले बार्षिक उत्सबको अबसरमा ७ नारी लाई सम्मान


सेलिब्रेटी नेपाल काठमाडौँ
नवनारी मिडियाले आफ्नो छैठौ बार्षिक उत्सब मनाएको छ। गएको शनिबार जेठ ३१ गते गते शनिबारका दिन नवनारीले आफ्नो बार्षिक उत्सवको अवसरमा गएका बर्षहरुमा जस्तै बिभिन्न ७ बिधामा उल्लेखनिय योगदान पुर्याउनुभएका ७ जना महिलाहरुलाई प्रमुख अतिथि पूर्व अन्र्थमन्त्री तथा बरिष्ठ गीतकार साहित्कार शंकर प्रसाद(एस्पी) कोइराला र नवनारी मिडियाकी अध्यक्ष तथा सम्पादक जानुका ढकाल ज्यू बाट नवनारी सम्मान २०७१ प्रदान गरियो। सम्मानित हुनेहरुले आफु जुन सुकै क्षेत्रमा भएतापनि सामाज प्रतिको उत्तरदायि भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
nawa-nari-samman
सम्मानित व्यात्तित्वहरु नायिका गरिमा पन्त, युवा व्यावसायि मेघा चौधरी शाक्य, समाजसेवी पद्यमिनी प्रधानाङ्ग, फेशन स्टाइलिश निलिमा शर्मा, प्रिन्सिपल(उपाध्यक्ष प्याव्सन) दिपिका थापा, बरिष्ठ गायिका संगीता राना प्रधान, महिला सशक्तिकरणमा अग्रणीभूमिका निभाउदै आउनुभएकी सञ्चारकर्मी चन्दा बिष्ट हुनुहुन्छ । यस कार्यक्रममा हास्यकलाकार श्री कृष्ण सिंखडा, नायिका नन्दिता केसि, गायक दिपक लिम्बु लगायत बिभिन्न क्षेत्रका ख्याति प्राप्त व्याक्तित्वहरुको उपस्थिति रहेको थियो।
nawa-Nari
सम्मान कार्यक्रममा गायक तथा संगीतकार बिनोद पछाई, बरिष्ठ गायिका संगिता राना प्रधान गायक दिपक लिम्बु, तिलक बम मल्ल, सुरज श्रेष्ठको गीत र कलाकार रोमा न्यौपानेको नृत्यले निकैनै मनोरन्जनात्मक बनाएको थियो भने, प्रयासकला केन्द्रको नृत्य प्रस्तुती र प्रेक्षा पाठकको नृत्यको प्रस्तुतिले थप मनोरन्जन प्रदान गरेको थियो।यस कार्यक्रममा नवनारी मिडियाले गएको चैत्र बाट गुल्मी जिल्लाको बम्घा गाविस वडा नम्बर १ र २ का सय जना बच्चाहरुकालागि पढाइकोलागि सहयोग गर्न शुरु गरेको र उनीहरुलाई पढाउने खर्चको लागि भव्य रुपमा लोकप्रिय कलाकारहरु द्धारा बालबालिकाको सहयोगार्थ नवनारी सांगितिक साँझ समेत आयोजना गरेको जानकारी दिनुभएको थियो भने उक्त कार्यक्रममा महत्वपूर्ण योगदान पु¥याउने सम्पूर्ण कलाकारहरुलाई प्रमुख अतिथिको हातबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।
binod-pachai
कार्यक्रममा बोल्दै नवनारी मिडियाकी अध्यक्ष जानुका ढकालले मिडिया क्षेत्रबाट पनि हामीले समाजमा केहि गर्न सक्छौ भन्ने उदहारण स्वरुप सामाजिक कार्यमा अगाडि बढेको जानकारी दिनुभएको थियो भने प्रमुख अथिति शंकर प्रसाद(एस्पी) कोइरालाले नवनारीले मिडियाका क्षेत्रबाट प्रशंशनिय काम गरेको र निरन्तर रुपमा नवनारीबाट यस्तै कार्यहरुको अपेक्षा रहेको बताउनुभएको थियो । कार्यक्रम नयाँ बानेश्वरको इन्द्रणी कम्प्लेक्समा सम्पन्न भएको थियो ।