‘मनसरा’ले गर्यो उत्साहजनक व्यापार


पूर्वमा शुक्रबारबाटै उत्कृष्ट व्यापार सुरु गरेको ‘मनसरा’ले शनिबारबाट देशका अन्य शहरमा उत्साहजनक व्यापार गरेको छ ।

शुक्रबारदेखि नै धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो जुन शनिबार पनि जारी रह्यो ।

शुक्रबार अपेक्षाकृत प्रदर्शन गर्ने नसकेको सिनेमाले काठमाडौंमा शनिबार उत्साहजनक व्यापार गर्यो ।

शनिबार चितवन, पोखरा, नेपालगञ्ज, बुटवल, दमौली जस्ता सहरमा ‘मनसरा’को प्रदर्शन बलियो छ ।

फिल्मले दर्शकबाट प्राप्त प्रतिक्रियाले व्यापार क्रमशः बढ्ने निर्माणपक्षले जानकारी दिएको छ।

शुक्रबार प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा लगायतले शुक्रबार पूर्वका विभिन्न हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए भने शनिबार काठमाडौंका हलहरु पुगेका थिए ।

‘जारी’ फेम निर्देशक उपेन्द्र सुब्बा निर्देशित सिनेमामा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको प्रमुख अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.