वेस्ट इण्डिजलाई हराएपछि ‘मनसरा’ले गुल्सन झालाई दियो ‘सट अफ द डे’


‘मनसरा’ले सिनेमा प्रचारका लागि फरकफरक शैली अपनाइरहेको छ। कवि हुँदै सिनेमा लेखन अनि त्यसपछि सिनेमा निर्देशनमा होमिएका उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमाले आफ्नो राष्ट्रव्यापी ‘कविता कन्सर्ट’लाई शनिबार इटहरी पुगेर बिट मार्‍यो।

दर्शक र कविताप्रेमीहरुबाट न्यायो साथ पाएको यो सिनेमा आफ्नो प्रचारका लागि क्रिकेट मैदानमा पनि उपस्थित भएको छ। शनिबार नेपाल र वेस्ट इण्डिज’ए’बीच भएको खेलमा निर्माणपक्षले आफ्नो प्रत्यक्ष उपस्थिति जनायो।

दुई देशबीच हिजो भएको रोमाञ्चक भिडन्तमा नेपालले दुई बल बाँकी छँदै इण्डिजमाथि जित दर्ता गर्‍यो। यस क्रममा गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरे। झाले प्रहारगरेका यी चौकाले नेपाललाई दुई बल बाँकी छँदै जित दिलायो।

उनको यो सटका लागि ‘मनसरा’ले नगद १० हजार रुपैयाँको ‘सट अफ द डे’ प्रदान गर्‍यो। उनलाई यो पुरस्कार ‘मनसरा’का निर्माता-सिनेम्याटोग्राफर शैलेन्द्रध्वज कार्कीले प्रदान गरे ।

सिनेमा वैशाख २१ गते रिलिज हुँदैछ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान सिनेमाको डिजिटल पार्टनर हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.