परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण


काठमाण्डौ। परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले राजधानीमा संयुक्त रुपमा सम्मान तथा पुरस्कार कार्यक्रमको सम्पन्न गरेको छ । परिवर्तन नेपालद्धारा स्थापित चेतन कार्की स्मृति पुरस्कार तथा निशा घिमिरे स्मृतिकोष द्धारा स्थापित निशा घिमिरे स्मृति पुरस्कार क्रमश बरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाललाई निशा घिमिरे स्मृति सम्मान, बरिष्ठ चलचित्र निर्देशक आकाश अधिकारीलाई नगद रु १५ हजार सहित चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

सोही समारोहमा नायिका तथा मोडल अनु शाहलाई नगद रु २० हजार सहित निशा घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको थियो भने सोही समारोहमा निशा घिमिरे स्मृति प्रतिभा पुरस्कारबाट मोडल तथा गायिका बबिता ढकाललाई नगद रु २० हजार सहित पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै संचारकर्मी गीता अधिकारीलाई नगद रु १० हजार सहित निशा घिमिरे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । बरिष्ठ कलाकार भुवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, मिथिला शर्मा, शर्मिला मल्ल, सपना श्रेष्ठ, नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक तथा कलाकार दिपाश्री निरौला, निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहाल एवम् परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा बरिष्ठ चलचित्र लेखक तथा निर्देशक मोहन निरौला लगायतले शो पुरस्कार प्रदान गरेका हुन् ।