यूएईमा नयाँ वर्ष साँझ सम्पन्न


काठमाडौं । राजेन्द्र पुरीको सञ्योजनमा नयाँ वर्ष साँझ सम्पन्न भएको छ । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा यूएईको आब्रा बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमका साथै अवार्ड सम्पन्न । काभ्रे सेवा समाजका अध्यक्ष गोबिन्द पन्तको सभापतित्वमा भएको कार्यक्रम विगत चार दशक देखि यूएईमा रहेर समाजसेवामा सकृय नेपाली समाजका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठ, नुवाकोट सेवा समाज यूएईका अध्यक्ष नविन कार्की विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रममा नेपालबाट गएका कलाकारहरु र प्रवासमा रहेका प्रवासी कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा अवार्ड र सम्मान पाउनेहरुमा सर्बोत्कृष्ट लोक दोहोरी गायिका रिया घले, लोक दोहोरी मोडेल कृष्ण सापकोटा, आधुनिक मोडेल सबिना कार्की, काठे भाका गायिका मिरा गिरी, काठे भाका गायक समीर आचार्य, नव मोडेल अमिरा कार्की, लोक दोहोरी शब्द सुनिल परियार ‘सागर’, लोक दोहोरी मोडेल अस्मिता राना, टेलि चलचित्र कलाकार कुल बहादुर ओलि, काठे मोडेल पबित्रा काफ्ले, प्रत्यक्ष लाईभ दोहोरी गायिका सुष्मा शाही ठकुरी रहनु भएको थियो भने श्रष्टा सम्मानबाट सम्मानित कलाकारहरुमा पुर्णिमा घिसिङ, सबुज मगर, निरा तामाङलाई प्रदान गरिएको थियो ।

मध्यपूर्वको पहिलो महिला डबल–डेकर दुई तल्ले बस चालक शान्ति भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रमलाई लोक दोहोरी गायक अमृत खातीले सहजिकरण गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.