जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु


काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु गरिएको हो ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने सिनेमाका निर्मातामा सुदर्शन र पूजा रहेका छन् । सिनेमा यसै वर्षको भदौ २१ गते तिजको दिनबाट प्रदर्शनमा आउने तयारीमा छ ।

सिनेमामा पल, पूजा र प्रमोद संगै प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, सुशान्त श्रेष्ठ, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकार हरुको अभिनय रहनेछ ।

सिनेमामा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन,भीएफएक्स समिर मिया, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन रहने छ । सिनेमाको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।