‘वर एन्ड बधू’ दोस्रो सेड्युलको छायाँकन सुरु,टिममा जोडीइन् कुशुम शर्मा


काठमाडौंँ । सिनेमा ‘वर एन्ड बधू’ को दोस्रो सेड्युलको छायाँकन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै सिनेमाको दोस्रो सेड्युलको छायांकन सुरु गरिएको हो ।

निर्देशक मिलन चाम्सको निर्देशन रहने सिनेमाको पहिलो सेड्युल करिब ६ महिना अगाडि रोमानियामा खिचिएको थियो । अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने सिनेमाको दोस्रो सेड्युलमा मोडल कुसुम शर्मा पनि भित्रिएकी छन् ।

अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने चलचित्रमा, कुसुम शर्मा अलवा सृष्टि खड्का, हिमेश पन्त, दिनेश काफ्लेलगायतको अभिनय रहनेछ । रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । चलचित्रमा जानुका थापाको लगानी छ ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, रविना केसी,सन्तोष खनाल लगायतका कलाकारको अभिनय रहनेछ। अर्जुन पोखरेल र युग भुसालको संगीत,सुदिप बरालको डिओपी, रविन्द्र सुवेदीको छायांकन,हिमाल केसीको द्वन्द्व रहने फिल्मले विवाहको संस्कृतिलाई पर्दामा देखाउनेछ ।