प्रेमी विष्णुसँग एलिना चौहानले कसिन लगनगाँठो


गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी छन्।

चौहानले सापकोटासँग झापामा लगनगाँठो कसेकी हुन्। सापकोटा बाङलुङबाट जन्ती लिएर मंगलवार झापा पुगेका थिए।

उनी साँझमा भएको मेहेन्दी समारोहमा सहभागी बनेका थिए।

केही वर्षदेखि उनीहरु प्रेममा थिए। सापकोटा अष्ट्रेलिया बस्दै आएका छन् भने एलिना पछिल्लो समयकी चर्चित एवम व्यस्त नेपाली गायिकामा पर्छिन्।

केही समय अगाडि उनीहरुको ब्रेकअप भएको समाचार सार्वजनिक भएको थियो।

तर  एलिनाले आफूहरुको कहिले ब्रेकअप नभएको प्रतिक्रिया दिएकी थिइन्।

त्यतिखेर विष्णु अर्की एक युवतीसँग निकट भएका कारण ब्रेकअप भएको चर्चा चलेको थियो।

उनको विवाहमा उनका आफन्त तथा साथीभाइका र केही गायकगायिका एवम संचारकर्मी सहभागी भएका छन्।

(फोटोः  गोपीकृष्ण चापागाईं)

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.