‘होस्टेल ३’ निर्माणको घोषणा, सशान बने निर्देशक


‘होस्टेल ३’ निर्माणको घोषणा भएको छ।

बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो ।

योस सिनेमालाई नयाँ कम्पनीले निर्माण गर्नेछ।

सिनेमामा यसअघि दुई वटा श्रृंखला निर्माण गरेका सुनिल रावल फिल्म निर्माणको सम्पूर्ण अधिकार सम्मान इन्टरटेन्मेन्टलाई सुम्पेका छन्।

उनी यसमा भने कलाकारका रुपमा मात्र रहनेछन्।

सिनेमामा गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्नेछन् ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनएजर र उनीहरुको भविष्यको कथामा फिल्म बन्ने निर्देशक कँडेलको भनाइ छ ।

यसै वर्ष रिलिज हुने जनाइएको सिनेमाका निर्माता शिशिर ज्ञवाली हुन्।

शङ्कर कोइराला कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा सुरेश कँडेल, सुधा मरहट्ठा र अर्जुन सापकोटा छन् ।

सिनेमामा माधव शर्माको पटकथा छ भने कथा निर्देशक कँडेल स्वयंको हो ।

यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहने फिल्मका कलाकारहरुको छनौट भने भइसकेको छैन्।

अभिनेता अनमोल केसीले यस सिनेमाको पहिलो श्रृखंलाबाट नेपाली रजतपटमा डेब्यू गरेका हुन् भने दोश्रो सिरिजबाट स्वस्तिमा  खड्का, नाजिर हुसौन, सुशील श्रेष्ठ आदिले नेपाली रजतपटमा डेब्यू गरेका थिए।

HOSTEL 3 ANNOUNCEMENT POSTER

Copyright © 2012 - 2026 | All Right Reserved.