‘खजुरे ब्रो’ को टिजर युट्युब ट्रेन्डिङमा


काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘खजुरे ब्रो’को टिजर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ। ३ दिन अघि बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको टिजर यतिबेला युट्युबको मुभी सेक्सन अन्तर्गत ट्रेन्डिङ लिस्टमा पर्न सफल भएको हो।

यो समाचार तयार पार्दासम्म ‘खजुरे ब्रो’को टिजर युट्युबको फिल्म सेक्सन अन्तर्गत १७ नम्बर ट्रेन्डिङमा छ। टिजरलाई युट्युबमा दर्शकबाट राम्रो प्रतिक्रिया पनि मिलिरहेको छ।

खजुरेको क्यारेक्टर निर्वाह गरेका रेअर राइले टिजरमा बाजि लगाएर साबुन खाएका छन्। त्यस्तै रेअरले फिल्मकी नायिका नीति शाहलाई बाइकको पछाडि बसाएर रोमान्टिक मुडमा घुमाइरहेको पनि टिजरमा देख्न सकिन्छ। त्यस्तै, कलाकार महेश त्रिपाठी, नवीन मानन्धर लगायतका कलाकारलाई पनि टिजरमा देखाइएको छ।

टिजर हेर्दा नै दर्शकलाई मनोरञ्जन पैदा हुन्छ। एक खालको कौतुहलता टिजरले जगाउँछ। दिव्यदृश्य इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको ‘खजुरे ब्रो’लाई सुरज सुनुवारले निर्देशन गरेका हुन्। सुरजकै कथा फिल्ममा छ। फिल्ममा सुरज सुनुवार र नवीन मानन्धर निर्माताको रुपमा रहेका छन्। फिल्मलाई शिशिर बिशंखेले खिचेका हुन् भने मित्र डि गुरुङले सम्पादन गरेका हुन्।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुकार कार्की, प्रकाश भुजेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ।

नितिको यो डेव्यू फिल्म हो। पहिलो फिल्म भएकोले पनि नीति निकै उत्साहित छिन्। धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा कमेडी जनरामा फिल्म बनेको हो। पछिल्लो समय कमेडी चलचित्र हेर्ने बानी परेका दर्शकको लागी ‘खजुरे ब्रो’ एउटा फुल मनोरंजनको प्याकेज बन्ने निर्माण पक्षले बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.