सागर र कुसुमको ‘अधुरो कथा’ सार्वजनिक (भिडियो)


काठमाडौं। स्टार इन्टरटेनमेन्टको प्रस्तुतिमा किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको सङ्गीत रहेको छ। किशोरसँगै डा. त्रिशला गुरुङले पनि स्वर दिएकी छन्।

यस म्युजिकल ड्रामाको पटकथा लेखन र निर्देशन गम्भीर बिस्टले गरेका छन्। कथा गायक तिम्सिना ले नै लेखेका छन्। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विशेष अतिथिको रूपमा पुगेकी मोडल गरिमा शर्माले शुभकामना दिइन्। गायक तिम्सिना संयुक्त राज्य अमेरिका बस्दै आएका छन्। समाजसेवामा समेत सक्रिय उनले दर्जन बढी गीतहरू लेखेका छन्।

यस म्युजिकल ड्रामामा एकतर्फी प्रेममा रहेकी युवतीको कथा प्रस्तुत गरिएको छ। यसमा सागर लम्साल र कुसुम शर्माको प्रमुख अभिनय रहेको छ। उनीहरूसँगै गणेश बहादुर विष्ट, ज्ञानी देवी विष्ट, सम्झना पोखरेल, प्रभात ओझा, पुनम बस्नेत, अनिशा, खड्की, एलेन घिमिरे, दिनेश राउत, निर्मल जङ्ग कठायत, शर्मिला महत, सञ्जना माझी र रेणु न्यौपानेको पनि अभिनय रहेको छ।

यसमा छायाङ्कन सम्पादन र कलर ग्रेडिङ पवन सुस्लिङको रहेको छ भने सहायक निर्देशक सुरेन्द्र बसेल हुन्। एरेन्ज र ब्याकग्राउन्ड म्युजिक बिशम आचार्यको, मिक्सिङ तथा मास्टरिङ साजन शाहको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.