राष्ट्रिय युवा परिषदले राष्ट्रव्यापी गायन प्रतियोगीताको लागी दर्ता खोल्यो


काठमाडौँ। राष्ट्रिय युवा परिषदले राष्ट्रव्यापी गायन प्रतियोगीतामा सहभागिताका लागि आवेदन खोल्यो । राष्ट्रिय युवा परिषदले सांगीतिक क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्नका लागि राष्ट्रव्यापी गायन प्रतियोगिता गर्ने भएको छ । सो प्रतियोगितामा सबैक्षेत्रबाट नव प्रतिभाशाली युवाहरुको धेरै भन्दा धेरै उपस्थिती रहोस भनि राष्ट्रिय युवा परिषदले अनलाईन माध्यमबाट घरमै बसी बसी प्रतियोगिले फारम भरेर आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

जसअनुरुप गायन प्रतियोगितामा सहभागि हुन इच्छुक व्यक्तिले राष्ट्रिय युवा परिषदको वेभसाइटमा रहेको गुगल फर्म मा रहेका विवरण भरि आवेदन दिन सक्नेछन् । उक्त गायन प्रतियोगितामा लोक गीत, आधुनिक गित र पप गीत संगीत विधाका गीतहरु प्रतियोगिले गाउन पाउने छन् ।

विशेषगरि गायन क्षमता भएका तर साँगीतीक क्षेत्रको प्रतिस्पर्धा देखि र मिडियाको पहूँच देखि टाढा भई नयाँ गीत रेकर्डिङ्ग गर्न नसकेका एवम् अवसर देखी बन्चित ओझेलमा परेका गाउँवस्तीका नेपाली गीत संगीतमा रुची राख्ने युवाहरुलाई साँगितिक क्षेत्रको प्रतिस्पर्धामा सहभागि गराई व्यवसायीक रुपमा समेत आत्मनिर्भर बनाउने उद्धेश्यले आयोजना गर्न लागिएको उक्त राष्ट्रव्यापी गायन प्रतियोगितामा १६ वर्ष पुरा भई ४० वर्ष ननाघेका, आवेदन दिनुभन्दा अघि राष्ट्रिय स्तरमा गायन विधाबाट पुरस्कृत नभएका, कभर गीत बाहेक आधिकारिक रुपमा अन्य नयाँ गीत रेकर्डिङ्ग नगराएका युवाहरुले मात्र सो प्रतियोगिताको आवेदनका लागि योग्य हुने कुरा सुचनामा उल्लेख गरीएको छ ।

प्रतियोगीताका लागि पहिलो चरणमा निवेदकहरुको नामावली छनौट गरिने छ भने डिजिटल माध्यमबाट भ्वाइस टेस्ट गरेपछि काठमाण्डौँमा भौतिक उपस्थितीमा प्रतियोगी बीच प्रतिस्पर्धा गराई उत्कृष्ट ३ जनालाई बिजयता गराइने छ । प्रतियोगीताको आयोजक राष्ट्रिय युवा परिषद र सह– आयोजक मिसन सञ्चार मल्टिमिडीया ग्रुप प्रा.लि. रहेको छ ।

यस प्रतियोगितालाई भव्य र स्वस्थ प्रतिष्पर्धात्मक रुपमा संचालन गर्नका निमित्त लोकदोहोरी, आधुनिक तथा पप गीत संगीत क्षेत्रमा विगत २ दशक देखि निरन्तरता दिइरहेका गायक, गायीका एवम् संगीतकारलाई जुरी मेम्बरका लागि चयन गरिएको छ । जसमा संगीतकार वि.पी. वाग्ले, लोकदोहोरी गायीका देवी घर्ती मगर र गायक भद्र वली लाई निर्णायकको भूमिकामा राखिएको छ भने अन्य अतिथी जुरी तथा प्री जर्जको लागि केहि ख्याती प्राप्त कलाकार चलचित्र निर्देशक, गायक/गायीका, संगीतकारहरुलाई पनि आमन्त्रित गरिने भएको छ ।

उक्त कार्यक्रमलाई नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरि विभिन्न सामाजिक सञ्चालबाट प्रचार प्रसार समेत गरिने छ । साथै प्रतियोगितालाई नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा परिषद्का उच्च व्यक्तित्व तथा प्रतिनिधिहरुको सहभागीतामा पुरस्कार सहित सम्मानित गरिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.