थर्कमान भए चलचित्र वितरक, हलमा नेपाली सिनेमा मात्र


काठमाडौँ। नेपाल ल्याउने भनेर वितरक तथा हलवालाहरुले प्रचार गरिएको अक्षयकुमार र टाइगर श्राफको ‘बडे मियाँ छोटे मियाँ’ अन्ततः नेपाल नआउने पक्का भएको छ। यसको सोझो फाइदा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ लाई भएको छ।

धेरैपछि नेपाली वक्सअफिसमा यस्तो अवस्था आएको हो। ३ साता अगाडि आएको ‘महाजात्रा’को जारी व्यापार र भोलिबाट रिलिज हुने ‘डिग्री माइला’ले राम्रो हाइप बनाएपछि वितरकहरु हिन्दी सिनेमा ल्याउनबाट पछि हटेका हुन्। यस्तै धेरै ठूलो हल्लाखल्ला बिना संसारका विभिन्न अन्तर्राष्ट्रिय फिल्म कहोत्सवमा अब्बल सावित भएको ‘द रेड सुटकेस’ रिलिज हुँदैछ।

हिजो बुकिङ खुला हुँदा ‘डिग्री माइला’ले देशभर १ सय ५५ शो पाएकोमा यो संख्या ७७ ले बढेर २ सय ३२ पुगेको छ। यस्तै, क्यूएफएक्स च्यानल बाहेकका हलमा रिलिज भएको ‘द रेड सुटकेस’ले भने न्यून सो पाएको छ।

नेपाली सिनेमालाई हिन्दी सिनेमा ल्याएर पेलिन्छ भन्ने कथन यो शुक्रबार भने लागु हुनसकेन।

वितरक यसरी हच्किनुको पछाडि ‘बडे मियाँ छोटे मियाँ’लाई महँगो रकम तिर्नुपर्ने भएकाले हो।

यो शुक्रबार एक त ‘महाजात्रा’को सुखद कमाइ जारी रहिरहनु र ‘डिग्री माइला’मा रहेको रामबाबु गुरुङ र दयाहाङ राईको सफल जोडीको सिलसिलाले काम गरेको हो। योसँगै नेपाली सिनेमा चलिरहेका बखतमा हिन्दी सिनेमाको व्यापार खस्किने विगतका कारण पनि उनीहरुले सिनेमामा नल्याएका हुन्।

(*सच्याइएको- सम्पादक)

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.