सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न


काठमाडौँ। सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न भएको छ । धुलिखेलमा पाँच दिन अघि सुरु भएको कार्यशाला आज समापन भएको हो।

कार्यक्रम बागमती सञ्चार रजिष्ट्रारको कार्यालय आयोजना र नेपाल चलचित्र पत्रकार संघको संयोजनमा भएको हो । यस कार्यक्रमकोबागमती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले उद्घाटन गरेका थिए।

चैत २१ गतेबाट सुरु भएको तालिममा बागमती प्रदेशमा क्रियाशिल २१ पत्रकारहरू सहभागी थिए। सहभागीलाई पत्रकार, चलचित्र निर्माता प्रशिक्षकद्धय अनुप सुवेदी र अरुण देव जोशीले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका छन्।

तालिममा सहभागिहरूलाई चलचित्रको विकासक्रम, चलचित्रमा प्रयोग हुने प्राविधिक पक्षको बारेमा जानकारीसँगै चलचित्र विकासका कोशेढुंगा हुन सफल ऐतिहासिक चलचित्रहरूसमेत देखाइएको सहभागीहरुले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.