‘मनसरा’को डायस्पोरा रिलिज कन्फर्म


काठमाडौँ। उपेन्द्र सुब्बाको दोश्रो निर्देशन ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ। नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले ‘मनसरा’को वितरण अधिकार किनेको हो।

सेभेन सिजले सिनेमालाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेछ। ‘मनसरा’ निर्माण पक्ष र सेभेन सिजबीच आज यसबारेमा कागजी सम्झौता भएको हो।

सम्झौता पत्रमा ‘मनसरा’बाट उपेन्द्र र निर्माता शैलेन्द्र ध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले वितरणसम्बन्धी हस्ताक्षर गरेका हुन्।

सिनेमा वैशाख २१ गतेबाट (मे ३ तारिख) प्रदर्शनमा आउनेछ। ‘मनसरा’मा दयाहाङ राई, निरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान आदिको प्रमुख भूमिका रहेको छ।

सिनेमाले विवाहिता लिम्बुनीको विवाहित छिमेकी बाहुन बाजेसँगको सम्बन्धलाई कथा बनाएको छ। सिनेमाको सार्वजनिक टिजरले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्ने देखाएको छ।

निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ । सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्नसकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.