फिल्म निर्माण सम्बन्धि रास्ट्रीय सम्मेलन


काठमाडौँ। काठमाडौं विश्वविद्यालय(केयु) ले नेपाल चलचित्र निर्देशक समाज र किम्फ सङ मिलेर फिल्म निर्माण सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । चैत २२ मा काठमाडौंमा विविध शीर्षकमा प्यानल छलफलसँगै फिल्म देखाउँदै विज्ञ र फिल्मकर्मीको सहभागितामा ‘नेस्नल कन्फ्रेन्स अन फिल्ममेकिङ इन नेपाल’ सुरु गरेको हो ।

निर्देशक लक्ष्मी नाथ शर्माले नेपाली चलचित्रको निर्माणमा इतिहास देखि वर्तमान सम्मको अवस्था चर्चा गरे भने दिन डकुमेन्ट्रीमाथि र फिल्मको रचना गर्भमाथि अन्तरक्रियात्मक छलफल सम्पन्न भयो । डकुमेन्ट्रीमाथिको छलफलमा डकुमेन्ट्री मेकर प्रणय लिम्बू, आलोक अधिकारी, इच्छा गुरुङ, दीपक तोलाङ्गे सहभागी थिए ।

त्यस्तै दोश्रो सेसनमा रचना गर्भमाथि चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष दयाराम दाहाल, निर्देशक सुजित बिडारी, सरिता शाह, सुचित्रा श्रेष्ठ र जनकदीप पराजुलीको उपस्थितिमा छलफल भएको थियो । त्यस्तै ‘चेजिङ रेन्बो’ देखाउँदै पहिलो दिनको सम्मेलन सम्पन्न भयो । दोश्रो दिन आज सिनेमाका बिबिध बिषय बस्तुहरुको पेपर प्रीजेन्टेसन र सिनेमा स्क्रीनिङहरु रहेको छ।