चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित


नरेन्द्र महर्जन प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा अत्याधिक मतले विजयी भएका छन्।

शनिवार अबेर राति भएको मतदानमा कुवेर शर्मालाई हराउँदै विजयी बनेका हुन्। निर्वाचन अघि नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको थियो।

महर्जनले शर्मालाई ६० मतले पराजित गरेका हुन्। महर्जन यसअघि संघको महासचिव थिए।

अध्यक्षसँगै संघको कार्यसमिति सदस्यहरु पनि हिजै निर्वाचित भए।

संघको सदस्यहरुमा छविराज ओझा, गोपालकाजी कायस्थ, देबेन्द्र खड्गी, प्रज्वल सम्सेर राणा, ओमप्रकाश जैशी, करण श्रेष्ठ, आशिष तामाङ, कपिलप्रसाद द्वा, गोविन्द शाही, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ र सुरेन्द्र थापा निर्वाचित भए ।

निर्वाचित १३ सदस्यहरुबाट सहमतिका आधारमा कार्य विभाजन हुनेछ ।

त्यसका लागि संघले आइतबार कार्यसमितिको बैठक राखेको छ । यो समितिले दुई वर्ष उनले संघको नेतृत्व गर्नेछ ।

यसैगरी संघले हिजो नै भएको साधारण सभामा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, छायांकार मञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, सम्पादक नरेन्द्र खड्का, प्रदर्शक तीर्थ प्रधान र रंग पत्रकार विदुर गिरीलाई सम्मान गरेको थियो ।

विसं २०१३ सालमा स्थापना भएको चलचित्र संघ नेपाली सिनेमा क्षेत्रकै सबैभन्दा पुरानो संस्था हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.