नेपाल आमा बाट उठेको रकम वृद्धाश्रमलाई सहयोग


सेलिब्रेटी नेपाल काठमाडौँ
गीतकार पूजा मारियाको एकल एल्बम ‘नेपाल आमा’ सार्वजनिक भएको छ। वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार योगेन्द्रमणि दाहाल, संगीतकार राम सिटौलालगायतले शनिवार राजधानीमा आयोजित कार्यक्रममा एल्बम सार्वजनिक गरेका हुन्।कार्यक्रमका प्रमुख अतिथि हाँस्यकलाकार श्रेष्ठले नेपाली सुगम संगीतमा महिला स्रष्टाको आगमन हुनु सुखद लक्षण रहेको बताए। उनले महिला गीतकारले राष्ट्रियतालाई सम्झिएर गीत लेखेकोमा आभार व्यक्त गरे। Puja-mariya
गीतमा सुमित खड्का, बालन्द राई, विमला राई, रजिना रिमाल र प्रमोद खरेलको स्वर रहेको छ भने सुमित, बालन्द, राम सिटौलाले संगीत भरेका छन्। एल्बमको बिक्रीबाट आउने रकमको आधा हिस्सा विराटनगरमा रहेको विराटेश्वर वृद्धाश्रमलाई प्रदान गरिने गीतकार मारीयाले बताईन्।सबैले आधुनिक पप गीत लेख्न रुचाउछन् मेरो रुचि चाहिं रास्ट्रीय गीतमा बस्यो गीतकार पुजा मारियाले बताईन्। ‘मैले यो एल्बम बाट पैसा कमाउने होइन आफ्नो परिचय बनाउन चाहेकी छु, उनले भनिन।

एल्बममा ‘नेपाल हाम्री आमा’, ‘साहस जुटाई फर्केर आएँ’, ‘महंगी र भ्रष्टाचारले’, ‘पसिना मागे पसिना दिन्छु’, ‘स्वाभिमानी बनी हामी लहलह’, ‘वीरका छोरा नेपाली’ र ‘हिमाल हाम्रो, पहाड हाम्रो, तराई’बोलका गीत रहेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.