चलचित्र ‘इश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने


काठमाडौं । राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्र को मुख्य भुमिकामा पृथ्वीराज प्रसाईं, ध्रुब थापा, अनु शाह, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ ।

चलचित्रको पोस्टरमा सुनील थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापा फिचर्ड छन् । ध्रुवबाहेक अन्यको अनुहारमा त्रासको भाव देखाइएको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ । चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.