बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा दयाको ‘गाँउ आएको बाटो’


काठमाडौँ। नविन सुब्बा निर्देशित ‘गाँउ आएको बाटो’ १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा छनौट भएको छ। सिनेमा पहिलोपटक टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिवलमा विश्व प्रिमियर भएको थियो। त्यसयता यो सिनेमाले विभिन्न फिल्म महोत्सवहरुमा सहभागिता जनाउने अवसर पाइरहेको छ।

यसअघि प्रतिष्ठित ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२४’ स्वीडेनमा छनौट भएको यो सिनेमाको वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा एशियन प्रिमियर भएको थियो भने मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ।

गाँउमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । राई जातिको सामाजिक पृष्ठभूमिमा सिनेमाको कथा बुनिएको छ।

यो सिनेमा सामुदायिक लगानीको अवधारणामा निर्माण भएको हो। ‘गाउँ आएको बाटो’मा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ ।

छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमा आगामी वर्ष जेठ १८ गते रिलिज हुँदैछ। नेपाल रिलिजका लागि बाँसुरी फिल्मस्ले संयोजन गरिरहेको छ। ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.