कम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्‍यो रिलिज स्थगित


काठमाडौं। कम शो दिइएको भन्दै नेपालको पहिलो एनिमेटेड फिचर फिल्म दाबी गरिएको ‘सलिना’ले आफ्नो पूर्व निर्धारित रिलिज स्थगीत गरेको छ।

चलचित्र भोलि शुक्रबार रिलिज हुने घोषणा भएको थियो। तर अन्तिम समयमा आएर बिना प्रचारप्रसार रिलिज मिति घोषणा गरेको सिनेमा नचलाउनु भनेर निर्माताले भनेकाले आफूहरुले रोकेको जानकारी वितरकले दिएका छन्।

फिल्मका वितरक मनोज राठीले निर्माताले फिल्म नचलाउन भनेपछि आफूहरूले रोकेको बताए। सिनेमाको निर्माताले विभिन्न संचारमाध्यममा नेपालकै पहिलो एनिमेटेड फिल्मलाई हलले प्रोत्साहन नगरेको आरोप लगाएका छन्।

उनले प्रोत्साहन गर्नुको साटो कम शो दिएर हेपेको आरोप लगाए। रिलिज स्थगीत गर्नुको पछाडि कम शो र एसईई परीक्षालाई पनि मुख्यकारण मानिएको छ।

‘सलिना’ले रिलिज स्थगित गरेसँगै यो शुक्रवार नेपाली सिनेमाघरमा विदेशी सिनेमामात्र रिलिज हुने भएको छ। रिलिज स्थगीत यस फिल्मको नयाँ रिलिज मितिका बारेमा कुनै टुङ्गो लागिसकेको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.