‘महाजात्रा’ टिमको नयाँ सिनेमा  ८२ सालको दशैंमा, अरु को-को थपिएलान्


हाल हलमा प्रदर्शनरत ‘महाजात्रा’ निर्माण गरेको षट्कोण आर्टस्ले आफ्नो आगामी सिनेमा वि.सं २०८२ सालको दशैंमा रिलिज गर्ने घोषणा गरेको छ।

‘महाजात्रा’मा समाविष्ट ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सोको जानकारी दिएका हुन्।

सार्वजनिक गीतको भिडियोको अन्तिममा उनीहहरु आफ्नो नयाँ सिनेमा डेढ बर्षपछि रिलिज गर्ने घोषणा गरेका हुन्।

रिलिज मिति घोषणा गरेपनि उनीहरुले कस्तो सिनेमा बनाउन लागेका हुन्, त्यसको बारेमा भने केही सार्वजनिक गरेका छैनन्।

षट्कोणको यो घोषणासँगै आगामी ३ वर्षका दशैं रिलिज हुने सिनेमाको टुङ्गो लागेको छ।

घोषणा अनुसार आगामी वर्षको दशैंमा ‘छक्का पन्जा ५, बलिदान र बेहुली फ्रम मेघौली’ गरी एकसाथ तीन सिनेमा भिड्दा  ०८२ सालको दशैंमा ‘महाजात्रा’ टिमको नयाँ फिल्म र ८३ सालमा निश्चल बस्नेतले ‘दिमाग खराब २’ रिलिज हुनेछ।

पर्याप्त समय बाँकी रहेकाले यी मितिमा अन्य सिनेमा थपिने सम्भावना उच्च रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.