१२ नेपाली एक चिहानले बुझायो मन्त्रिलाई ज्ञापनपत्र


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्रको सेन्सरमा रोक लगाएपछि समस्यामा परेको चलचित्र ‘१२ नेपाली एक चिहान’ ले निर्माता संघका अध्यक्ष राजकुमार राईको पहलमा चलचित्रका निर्माता तथा निर्देशक अरुण प्रधानको नेतृत्वमा गएको टोलीले मन्त्रालयमै गइ मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
12 nepali ek
ज्ञापनपत्र बुझेपछि मन्त्री रिजालले आफुले पनि चलचित्र हेर्न चाहेकोले एक पटक चलचित्र हेरेपछि सेन्सरको बारेमा निर्णय लिने बताएका छन् इराकमा हत्या गरिएका १२ जना नेपालीको कथालाई समेटेर निर्माण गरिएको चलचित्र प्रदर्शनमा आएपछि पीडितका परिवारलाई तनाव हुने आशंकामा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डमार्फत सेन्सर बोर्डलाई सेन्सर नगर्न आदेश दिएको थियो।

मन्त्री रिजालले सेन्सर बोर्डका नयाँ अध्यक्ष कविराज खनाललाई चलचित्र हेरेर उचित निर्णय लिन निर्देशनसमेत दिएका थिए। त्यस्तै टोलीले चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैतालाई पनि ज्ञापन पत्र बुझाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.