बलामीको निर्देशनमा चलचित्र ‘साम्राज्य’को निर्माण घोषणा


काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

फिल्ममा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ । फिल्मको घोषणा कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनले फिल्मलाई सफलताको शुभकामना समेत दिए ।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने जानकारी दिए । उनको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’ पनि दुई भाषामा नै तयार गरिएको छ । हरिबहादुर घलेको छायाङ्कन रहने फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत हुनेछ ।

अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा हिराबहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ । जून ५ अर्थात जेठ अन्तिमबाट फ्लोरमा जाने इन्डो नेपाली फिल्ममा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ । एक्सन जनरामा निर्माण हुने फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता हिरा बहादुर लेप्चाले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.