ट्रेलरमा ‘डिग्री माइला’ : मरिच दयाले दिन्छन् मनोरञ्जन


रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ।

शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ।

सिनेमाको ट्रेलर क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरा स्वाभावमा उभिएका दयाको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

सार्वजनिक ट्रेलरले वर्षको अन्तिममा रिलिज हुन लागेको यो सिनेमाले नेपाली सिनेउद्योगलाई सुखद् समापन दिने संकेत गरेको छ।दर्शक हसाउँने संवाद ट्रेलरमा सुन्न सकिन्छ भने क्यामरा फ्रेमिङ यसपटक रामबाबुको सिनेमा धेरै राम्रो देखिएको छ। क्यामराको कामले सिनेम्याटिक फिल दिन्छ।

दयाहाङको केन्द्रीय भूमिकामा रहेका सिनेमामा अभिनेत्री आँचल शर्मा उनको प्रेमीका बनेकी छिन्।

दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो सिनेमा आधारित रहेको छ। सिनेमाले वेरोजगारीको कथालाई सिनेमामा पस्किनेछ।

सिनेमालाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो ।

दयाहाङ र आँचलका अलवा सिनेमामा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ ।

यस्तै अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ।

‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई सिनेमाले आफ्नो ट्यागलाइन बनाएको छ ।

सिनेमा आगामी चैत ३० गते रिलिज हुनेछ ।

निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.