दुई चरणमा गरेर ३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन



काठमाडौं। ३१औँ दिनमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् ।

दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यस चलचित्रबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन् । निर्देशक शङ्कर कोइरालाले पनि चलचित्रमा निर्देशनमा डेब्यु गरेका छन् ।

यस चलचित्रमा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.