शंकर सेढाई नयाँ चलचित्रमा अभिनेताको रुपमा अनुबन्धित


काठमाडौँ। कलाकार तथा मोडल शंकर सेढाई नयाँ चलचित्रमा अभिनेताको रुपमा अनुबन्धित भएका छन्। बिन्दवासिनी क्रियसनको ब्यानरमा बन्न लागेको डार्क कमेडी ड्रामामा शंकर सेढाई मुख्य भुमिकामा अनुबन्धित भएका हुन्। चलचित्रको नाम केही साता पछि मात्रै सार्वजनिक गर्ने बताईएको छ। मनोज अधिकारीले निर्माण गर्ने चलचित्रलाइ नवीन भट्टले निर्देशन गर्नेछन्।

फेसन मोडेल हुँदै कलाकारितामा होमिएका शंकर सेढाईले यो भन्दा अगाडी पनि केही चलचित्र, वेब सेरिज, म्युजिक भिडियो, बिज्ञापन, नाटक पनि गरिसकेका छन् । यो चलचित्र चाहिँ उनको मुख्य भुमिकामा अभिनय गर्न लागेको पहिलो चलचित्र हो। चलचित्रमा अन्य केही मुख्य कलाकारहरु पनि अनुबन्धित भई सकेको तथा अन्य केही कलाकारहरुको खोजी पनि भई रहेको निर्माण टिमले जानकारी दिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.