दयाहाङ र मिरुनाको चलचित्र ‘घरज्वाँइ’ को छायांकन सम्पन्न


काठमाडौँ। चलचित्र ‘घरज्वाँइ’ को सम्पूर्ण छायांकन सकिएको छ। चलचित्रको छायाँकन एक महिनामा सकिएको हो । गत फागुन ५ गतेबाट रुकुममा सुरु भएको छायांकन हिजो ४ चैत्रमा सकिएको हो । पूर्वी रुकुमको लुगुम,तक्सेरा लगायतका रमणीय स्थानमा खिचिएको चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भुमिकामा छन् । जनक घर्ती निर्माता रहेको चलचित्रको निर्देशक अनिल बुढा मगर हुन् ।

सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगरको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, खड्ग बहादुर पुन (खबपु), विवेश बुढामगर, सुनिल मगर लगायतको अभिनय रहनेछ।

निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाले चलचित्रको कथा लेखेका हुन्। फिरोज खड्का सहायक निर्देशन रहेको चलचित्रमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रलाइ आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरणको जिम्मा लिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.