जोडी नम्बर १ बिना युनिट पत्रकार सम्मेलन


सेलिब्रेटी नेपाल काठमाडौँ
स्टारहरुको भिड रहेको चलचित्र जोडी नम्बर १ यहि जेठ १६ बाट प्रदर्शनमा आउने भएको छ। बिष्णु फिल्म्सको ब्यानरमा बिष्णु सुब्बा र किरण कार्कीले निर्माण गरेको चलचित्र जोडी नम्बर १ हास्य प्रधान चलचित्र रहेको छ। आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो रिलिज मिति र चलचित्रको बारेमा जानकारी दिएको छ उक्त पत्रकार सम्मेलनमा चलचित्रका कुनै पनि कलाकार तथा निर्देशकको उपस्थित रहेको थिएन ४ बर्ष अघि निर्माण भएर रिलिज हुन नसकेको चलचित्र जोडी नम्बर १ बिना प्रचार प्रसार रिलिज हुन लागेको छ।
Jodi-no-1-poster
अहिलेका ब्यस्त तथा हिट निर्देशक सुरज सुब्बा (नाल्बो) को लेखनमा उदय सुब्बाले निर्देशन गरेको चलचित्रमा निखिल उप्रेती, दिलिप रायमाझी, झरना थापा, अरुणीमा लम्साल,सुनील थापा,किरण केसी, विल्सन विक्रम राई(तक्मे) असोक शर्मा, निर शाह, राम चन्द्र अधिकारी लगायत कलाकारले अभिनय गरेका छन् । सँगीत महेश खड्का, द्धन्द जनक गुरुगंको रहेको कमेडी लभ र एक्सनको समिश्रण रहेको चलचित्र जोडी नम्बर १ ले कस्तो बजार लिने हो केहि दिन पछि थाहा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.