‘ओपनहाइमर’मय बन्यो ओस्कर, उत्कृष्ट फिल्मसहित ७ अवार्डमा मार्‍यो बाजी


९६ औं ओस्कार अवार्ड ‘ओपेनहाइमर’मय बनेको छ।

आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको बायोपिक सिनेमाले उत्कृष्ट फिल्म तथा निर्देशक सहित ७ विधामा आफूलाई उत्कृष्ट सावित गरेको छ ।

उत्कृष्ट फिल्मका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने किलियन मर्फीले उत्कृष्ट अभिनेताको ओस्कर उचाले।

उनीहरुका अलावा रबर्ड डाउनी जुनियर उत्कृष।ट सहअभिनेता हुँदा फिल्मले सम्पादन, सिनेमाटोग्राफी र ओरिजिनल स्कोरसहित ७ विधामा ‘ओपनहाइमर’ उत्कृष्ट सावित भयो।

सिनेमा १३ वटा विधामा प्रतिष्पर्धी थियो।

९६ औं ओस्करका १३ विधाका ओस्कर विजेताको सूचि यस्तो छः

फिल्म- ओपेनहाइमर

निर्देशक- क्रिस्टोफर नोलन (ओपेनहाइमर)

अभिनेता- किलियन मर्फी (ओपेनहाइमर)

अभिनेत्री- एम्मा स्टोन (पुअर थिंग्स)

सहायक अभिनेता- रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)

सहायक अभिनेत्री- द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)

एडप्टेड स्क्रिनप्ले- अमेरिकन फिक्सन

ओर्जिनल स्क्रिनप्ले- एनाटोमी अफ अ फल

छायांकन- ओपेनहाइमर

ओर्जिनल सङ- बिली एलिस (बार्बी)

कस्ट्युम डिजाइन- पुअर थिंग्स

ध्वनी- द जोन अफ इन्ट्रेस्ट

ओर्जिनल स्कोर- ओपेनहाइमर

डकुमेन्ट्री फिचर- ट्वेन्टी डेज इन मौरिपल

अन्तर्राष्ट्रिय फिचर- द जोन अफ इन्ट्रेस्ट

मेकअप एण्ड हेयरस्टाइलिङ- पुअर थिंग्स

प्रोडक्सन डिजाइन- पुअर थिंग्स

सम्पादन- ओपेनहाइमर

भिजुअल इफेक्ट- गोडजिला माइनस वन