निशाका लागि सुमन जल्ने


सेलिब्रेटी नेपाल काठमाडौँ
राजधानीको मौसम ताती रहेको समयमा केहि दिन अघि नायक सुमन सिंह राजधानी नजिकैको चपली हाइटमा आफैलाई आगोले जलाउने कुरा गरिरहेको अवस्थामा भेटिए। मायामा तड्पिएर प्रेमिकाका लागि जल्ने भन्दै डाँडामा भौतारिरहँदा उनकी प्रेमिका निशा लामा चाहिँ सुमनकै वरपर टहलिईरहेकी थिईन्। सुमन निशालाई कतिसम्म प्रेम गर्दा रहेछन् भने निशाको लागि उनले आफ्नो नाम नै लिन छाड्ने कुरा समेत बताइरहेका थिए।
Suman-Nisha
पछिल्लो समयमा चर्चित रहेको गीत ‘गौरादहको बजारैमा’का गायक उजन नेम्बाङको चौथो एल्बम ‘तस्वीर’ मा रहेको ‘तिमीलाई खुशी मिल्छ भने’ बोलको गीतको भिडियोका छायांकनका क्रममा सुमन आफ्नी प्रेमिकाका लागि जलाई दिने कुरा गरिरहेका थिए। उजन र गायिका रजिना रिमालको स्वरमा सजिएको यो गीतमा उजनको आफ्नै शब्दमा रोशन लामाले संगीत भरेको यो गीतको भिडियो महिना दिनपछि दर्शकमाझ आउने गायकले जानकारी दिए। यस म्युजिक भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् भने रामेश्वर कार्कीले खिचेका हुन् । यस गीतलाई रोशन लामाले लेखेका हुन् ।
Ujan-nemwang
उजनले यसअघि सन् २००७ मा ‘फ्रेण्डसिप’, सन् २०१२ मा ‘अन्तराल’ र सन् २०१३ मा ‘तनाब’ श्रोतालाई दिईसकेका छन्। दोस्रो एल्बम ‘अन्तराल’मा रहेको ‘रुवायो निष्ठुरी मायाले’ र ‘पोखराको तालमा घुम्नव हामी जाउँ’को भिडियो दर्शकले निकै मनपराएका थिए भने ‘तनाब’ एल्बममा रहेको ‘गौरादहको बजारैमा’ गीतको भिडियो पनि निकै चलेको थियो। आगामी तिजको अवसर पारेर चौथो एल्बमको गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने योजनामा रहेका उजनले त्यो भन्दा अघि एउटा अर्को भिडियो बाहिर ल्याउने जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.