मल्लिकाको गीत ‘गाजले’मा आर्यन


काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ ।

डान्सिङ नम्बरको गीतमा गायिका मल्लिका सहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापा फिचर्ड छन् । मैना माया कार्की प्रस्तुतकर्ता रहेको गीतमा गायिका मल्लिकाले आफूलाई गाजले केटा मनपर्ने कुरा उल्लेख गरेकी छन् ।

भिडियोमा हरि हुमागाईंको डीओपी, मित्र डी गुरुङको सम्पादन, अनन्त घिमिरेको डिजाइन, सरोज पाण्डेको मेकअप, मनिक तामाङको आर्ट, देवराज सापकोटाको प्रोडक्सन र कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.