पुन्टे संयम साउन २ गते बाट हलमा


‘अपवाद’ र ‘आवरण’ पश्चात सुबास कोइरालाको निर्देशनमा तयार भएको तेस्रो चलचित्र पुन्टे परेड , शायद बाट चर्चा कमाएका संयम पुरीको यो दोस्रो चलचित्र हो चलचित्र मा एसएलसी पास गरेर कलेज पढ्न जाने टिन एज को कथा कमेडी शैलीमा रमाइलो तरिकाले देखाइएको छ । ,
Samyam-anjeela
पहिलो चलचित्र ‘शायद’ बाटै चर्चाको सिखर चढ्न पुगेका नायक संयम पुरीको मुख्य भूमिका रहेको ‘पुन्टे परेड’ श्रावन को २ गते बाट प्रदर्शनमा आउने भएको छ । आज राजधानीमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको फस्टलुक पोष्टरमा संयमको चर्तिकला देखाइएको छ। फिल्म भित्र संयम चुलबुले पात्रको रुपमा देखिएका छन्।
punte-pared-poster
यस अघि ‘आई एम सरी’ चलचित्र निर्माण गरेका निर्माता हरि महतले पनि चलचित्रले दर्शकको मन जित्ने बताए। चलचित्रमा हरि संगै सुरज कोइरालाको पनि लगानी रहेको छ। यसमा संयम संगै एन्जिला दाहाल,निलु डोमा शेर्पा, रबिन्द्र खड्का, गीता अधिकारि, स्वेता थापाको अभिनय रहेको छ भने बिशेष भूमिकामा प्रियंका कार्की पनि देखिदै छिन। ‘शायद’ पछि यस फिल्ममा देखिन लागेका संयमले यस बाट आफ्नो करियरमा एउटा इट्टा थपिने बताए। ‘शायद पश्चात पनि निकै अफर आएका थिए तर आफू सुहाउदो नभएकोले गरिन’ संयमले भने। यस चलचित्रमा कथा निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ।
तस्बिर दीप बिमली

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.