पुरु राईको लेखन तथा निर्देशनमा शर्ट फिल्म ‘ओ यम जी’


काठमाडौँ। लेखक तथा निर्देशक पुरु रंकासु राईको शर्ट फिल्म ‘ओ यम जी’ यु ट्युब मा रिलिज गरिएको छ। बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ। हेर्दा सामान्य लाग्ने तर गम्भीर कुरा मुभिले उठाउन खोजेको छ।

किरण राईको छायाँकन र सम्पादन रहेको ‘ओ यम जी’ मा अनिश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको छ। उत्तम चन्द्र राईको निर्माणमा बनेको शर्ट मुभि ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यो शर्ट फिल्म बिसेष सोच र सचेतनाको लागी निर्माण गरिएको लेखक तथा निर्देशक राईले बताए।

लामो समय देखि युके बस्दै आएका पुरु राई नेपाली कला क्षेत्रलाइ माया गर्ने व्यक्ति हुन् उनले युके बस्दा नेपाली चलचित्रलाई नियाली रहेका थिए। अहिले उनि नेपाल फर्केर चलचित्र क्षेत्रमा केहि गरौँ भन्ने उदेश्यका साथ काम गरि रहेका छन्। यस अघि एउटा शर्ट मुभी र म्युजिक भिडियोके निर्देशन गरि सकेका राई आफ्नै लेखन तथा निर्देशनमा फिचर फिल्म निर्माणको तयारीमा रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.