
काठमाडौँ। सन् १९९२ मा पहिलोपटक प्रसारण भएको ‘उजेली’ टेलिश्रृखंलामा सहनिर्देशन गरेका दिपेन्द्र गौचनले पहिलो पटक नेपाली फिचर सिनेमा निर्देशन गर्ने भएका छन्।
उनले अभिनेता नाजिर हुसेन तथा अभिनेत्री श्रृष्टि श्रेष्ठलाई लिएर ‘केटी हराएको सूचना’ निर्देशन गर्न लागेका हुन्। सोमबार सिनेमाको स्क्रिप्ट पूजा गरिएको छ। श्रृष्टि र नाजिर पहिलो पटक एक साथा पर्दामा देखिन लागेका हुन् ।
नकिम उद्दिनको निर्माण रहने सिनेमा पनि निर्देशक गौचनले नै लेखेका हुन् । बिहीबारबाट फ्लोरमा जाने सिनेमाको काठमाडौँ र जनकपुरमा छायाँकन हुनेछ।
फिल्मको बिहीबार देखि गरिने निर्माण पक्षले जनकारी दिएको छ । सिनेमालाई अम्बर महर्जनले खिच्नेछन् ।





