सेन्सर पास भयो ‘रंगेली’, केही शब्द म्यूट गर्नुपर्ने


काठमाडौँ । चलचित्र ‘रंगेली’ सेन्सर पास भएको छ । नाममा आपत्ति जनाउँदै बोर्डले शुक्रबार केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

नामकै कारण सेन्सर प्रमाणपत्र नदिएको सार्वजनिक भएपछि सिनेप्रेमी तथा सिनेकर्मी एवं संस्थाहरुले घटनाको तीब्र विरोध गरेका थिए। आइतबार दिउँसो निर्माता जितेन्द्र खतिवडा र वितरक गोविन्द शाहीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोलाएर बोर्डका पदाधिकारीले सेन्सर पासको प्रमाणपत्र दिएका हुन् ।

२ घण्टा ५५ मिनेट लामो सिनेमाले पीजी प्रमाणपत्र पाएको छ भने केही शब्द म्युट गरिएको छ । यो सिनेमालाई बालबालिकाहरुले अभिभावकको निगरानीमा हेर्नुपर्नेछ।

यसअघि फिल्मको नाममा सेन्सरले प्रश्न उठाउँदै छायांकन भएको थलो रंगेली नगरपालिकाबाट नाम राख्ने अनुमतिको पत्र ल्याउन भनेको थियो।
दयाह्यंग राई, मिरुना मगर, अर्पण थापा आदिको प्रमुख भूमिका रहेको सिनेमा फागुन २५ गते रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.