रेखाको ‘उपहार’ले पायो युनिभर्सल प्रमाणपत्र


फागुन २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने रेखा थापाको ‘उपहार’ सिनेमाले युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ।

प्रमाणपत्र अनुसार यो सिनेमा सबै उमेर समूहकाले हेर्न पाउनेछन्।

सिनेमालाई ‘मुनामदन’ तथा ‘झिंगेदाउ’ फेम ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्।

रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

सुलभ प्रतिक र समीक्षा देउजा निर्माण गरेको सिनेमामा बलराम शाही ठकुरी कार्यकारी निर्माता हुन् ।

रेखा सिनेमास् र कपनगढी सिनेमासको ब्यानरमा निर्माण भएको सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

सिनेमाको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.