चलचित्र ‘इश्वर’ को छायाँकन सम्पन्न


काठमाडौं । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’ को छायाँकन २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुब थापा अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय रहेको छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.