प्रदीपको जोडी बन्दै दिव्या रायमाझी


काठमाडौं । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘एक्टर’ मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच चलचित्रका लागि कागजी संझौता भएको हो ।

निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि चलचित्रमा काम गर्न सहमति जनाएकी थिइन् । अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्ममा काम गर्न राजी भएको बताएकी छिन् । दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन् ।

चलचित्रमा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ ।

राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको सह–निर्मातामा एनिस भुसाल छन् ।

चलचित्रको छायांकन वैशाख पहिलो साताबाट सुरु हुनेछ । फिल्मलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ । चलचित्रमा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.