सुरेन गौतमको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक (भिडियो)


काठमाडौं । सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक गरिएको छ । विशाल पौडेलको संगीत, प्रदीप जोशीको मिक्सिङ र माष्टरिङ अनि सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । पिटर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको छ । दिपेन खडकाको छायांकन रहेको भिडियोमा विष्णुहरि तिमिल्सिनाको सम्पादन छ । गीतको भिडियो सुरेन गौतम म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आएका सुरेन गौतम अमेरिकामा रहेर नेपाली गीत संगीत क्षेत्रमा आफूलाई तल्लिन बनाउँदै आएका छन् । उनका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।